चितवन विशेष

प्रेस सल्लाहाकारले नै पत्रकारलाई नगरसभामा प्रवेश गर्न रोके

Banner

चितवन,असार १०-

भरतपुर महानगरपालिकाको नवौं नगर सभामा समाचार संकलनमा रोक लगाईएको छ । समाचार संकलन गर्न कार्यक्रमस्थल बाहिर पुगेका पत्रकारलाई भित्र पस्न रोक लगाईएको हो । चितवन पोष्ट दैनिकका सम्पादक प्रकाश अर्यालले आज नेपाल पत्रकार महासंघ चितवन शाखालाई ध्यानाकर्षण पत्र पठाई उक्त घटनाको भत्र्सना गर्नुभएको छ ।

पत्रमा महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले चितवन पोष्टका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थल बाहिरबाटै फर्काईएको जनाईएको छ । पत्रमा अगाडि भनिएको छ “स्वतन्त्र र निर्भिक पत्रकारिता विरुद्धमा जिम्मेवार व्यक्तिबाट भएको यस्तो कदमको हामी घोर भत्र्सना गर्दछौं ।” पत्रमा यस सम्बन्धमा आवश्यक कारवाही गर्न महासंघलाई अनुरोध समेत गरिएको छ ।

महासंघलाई प्रेषित पत्रको बोधार्थ प्रेस चौतारी नेपाल चितवन, नेपाल प्रेस युनिनयन चितवन र प्रेस सेन्टर चितवनलाई दिईएको छ ।प्रेस सल्लाहकार अधिकारीले आफू निकट केहि पत्रकारलाई भने नगरसभा हलमा प्रवेश गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>