Breaking News

युट्युबमा भाइरल सन्तोषीको बलात्कार प्रतिकार गर्दा हत्या, एक युवक पक्राउ

Banner

काठमाडौं, असार १० –

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीले अन्दाजी २१ वर्षीय सुरेश तिम्सिनालाई पक्राउ गरेको छ ।

प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । ‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने । प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सुरेश दक्षिणकालीको वर्कशपमा काम गर्ने गरेको र सन्तोषी दक्षिणकालीतर्फ गएको अवस्थामा सुरेशले सन्तोषीलाई भेटेको पाइएको छ ।

सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । प्रहरीका अनुसार आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी चढेर वल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको अनुसन्धानमा देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>