मकवानपुर

मकवानपुरमा कोरोना सङ्क्रमणबाट १ सय २० जनाकाे मृत्यु

Banner

मकवानपुर,असार ९ –

मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पहिले कोरोनाको सङ्क्रमण धेरै भए पनि अहिले भने घट्दै गएको छ । हेटौँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमित धेरै जना देखापरेका छन् । जिल्लाका अरू नौ स्थानीय तहमा भने कोरोना सङ्क्रमण हेटौँडाको तुलनामा कम रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>