Breaking News

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Banner

काठमाडौं, असार ८
प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज मंगलबार सुनुवाइ हुँदैछ ।

मन्त्रिपरिषद विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शंशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा सुनुवाई हुँदैछ । इजलासले मन्त्रिपरिषद् विस्तारबारे अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्छ । सर्वोच्चले अन्तरिम आदेश दिएमा पुनर्गठित मन्त्रिपरिषदका मन्त्रीहरुको पद गुम्नेछ ।

आज सर्वोच्चले रिट निवेदक र विपक्षीलाई दुवैलाई छलफलका लागि बोलाएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले नौ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी रिट दायर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>