Breaking News

समाचार प्रभाव: चितवनका सुकुम्बासी मुस्लिम समुदायले पाए खाद्यान्न, मुहारमा खुशी

Banner

मनिका विश्वकर्मा,

चितवन, असार ७ –

चितवनका रत्ननगरमा रहेका सुकुम्बासी मुस्लिम समुदायलाई सामाजिक अभियान्ताहरुले राहात वितरण गरेका छन । आज सोमबार भरतपुरका सामाजिक अभियान्ताहरुले पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ मा त्रिपालको टहरा बनाई बसेका मुस्लिम सुकुम्बासी समुदायलाई खाद्यान्न र आर्थिक सहयोग वितरण गरेका हुन् । गत जेठ २८ गते नारायणी अनलाईमा ‘चितवनमा मुस्लिम सुकुमबासी समुदायको बिचल्ली,’ सरकारको वेवास्ता भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचार देखेर भरतपुरका चार युवाहरुले सुकुम्बासी बस्तीमा पुगेर सहयोग गरेका हुन् ।

राहत कार्यक्रममा बोल्दै सुकुम्बासी समुदायलाई सरकारले साथ गर्नुपर्ने अभियान्ता डा. सुवास बस्नेतले बताए । यस्तो निषेधाज्ञाको समयमा गरिब समुदायलाई समस्या परिरहँदा पनि सरकारले वेवास्ता गरेको उनले बताएका हुन् । सामाजिक अभियान्ता डा. सुवास बस्नेत, निशा सिंह परियार, किरण गुरुङ, दिवाकरराज श्रेष्ठ, विकास विश्वकर्माको सहकार्यमा राहत सहयोग गरेका थिए ।

राहत वितरण कार्यक्रममा परिवारको संख्या कम हुनेलाई एक बोरा चामल र बढी परिवार हुनेलाई दुई बोरा चामलसहित १६ परिवारलाई अन्य खाद्यान्न पनि वितरण गरिएको छ । साथै सोही ठाउँका सुकुम्बासी मुस्लिम समुदायमा भएका अपांगता भएका बालक, गर्भवती महिलालाई पनि विशेषरुपमा आर्थिक सहयोग गरेका हुन ।

राहत पाएपछि उनीहरुको मुहारमा बेग्लै खुशी देख्न सकिन्थ्यो ।

 

निषेधाज्ञाको कारण सुकुम्बासी मुस्लिमहरुको काम बन्द हुँदा उनीहरु मारमा परेका थिए। काम नहुँदा खानालाई धौधौ भएकोले उनीहरु मागेर खान बाध्य भएको अवस्थामा राहत पाउँदा खुसी लागेको मुन्ना खातुनले सुनाइन् । बारा जिल्लाको जितपुरसिमराबाट चितवन आएका उनीहरुको घरजग्गा केही नभएको बताउँछन् । काम गरेरै उनीहरु त्रिपालको टहरा बनाएर बस्दै बस्दै आएका छन ।

यो पनि पढ्नुहोस्

चितवनमा मुस्लिम सुकुमबासी समुदायको बिचल्ली, सरकारको वेवास्ता

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>