Breaking News

चितवनमा निउरो टिप्न गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु

Banner

चितवन, असार ७ –

चितवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । रत्ननगर नगरपालिका वडा नं ५ मगरटोल बस्ने अन्दाजी ३०/३२ वर्षीय गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकारी जनकौली मध्यवर्ती सामुदायिक वनभित्र निउरो टिप्न गएको बेला अधिकारीलाई बाघले आक्रमण गरी मृत्यु भएको थियो ।

आज करिब साढे १ बजे अधिकारीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार गीताको खोजीका लागि हाल निकुञ्ज हात्तीसहितको टोली खटिएका छन् ।

सोमबार मध्याह्न १२ बजेतिर बाघले आक्रमण गरेको भएपनि प्रहरीले दिउँसो २ बजेमात्र थाहा पाएको इलाका प्रहरी कार्यालय टांँडीका कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

४ जनाको स्थानीय टोली निहुरो टिप्न गएको रानाले बताए । वनमा बाक्लो झाडी भएकाले बाघलाई नियन्त्रणमा लिन नसकिएको र गीताको शव पनि नभेटिएको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>