Breaking News
नेपालमा थप २,२९७ जनामा कोरोना संक्रमण, ४६ संक्रमितको मृत्यु
०

काठमाडौं, असार ७-
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोन संक्रमणबाट ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ५९ हजार ९२८ जना रहेको छ ।
आज कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ७७२ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























