Breaking News

कालिका नगरपालिका : सडक कालो पत्रेमा कायापलट, एकै वर्षमा २३ किलोमिटर पिच

Banner

चितवन, असार ७
चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक पिच गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरका अधिकांश मुख्य सडकहरु कालोपत्रे गरेको हो ।

नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर राजेश कोइरालाका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा २९ वटा सडक निर्माणको क्रममा रहेका छन् । यी सबै योजना २० लाखभन्दा माथिका रहेको उनले बताए । तीन सडकको निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणको चरणमा रहेका छन् । कालिका नगरपालिकाले १३ करोड ९६ लाख रुपैयाँ सडक निर्माणका लागिमात्र विनियोजन गरेको छ ।

कोरोना र वर्षातको पानीले निर्माणको काम प्रभावित भए पनि समयमै गुणस्तरीय काम सम्पन्न गर्ने गरी काम भइरहेको कोइरालाले बताए ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘म मेयर निर्वाचित हुनुभन्दा अगाडि नगरपालिकामा तीन किलोमिटर मात्र भत्केको पिच थियो । अहिले कति काम भएको छ । एक पटक नगरपालिका घुम्ने जो कोहीले पनि थाहा पाउँछ ।’ जनप्रतिनिधि आएपछि कालिका नगरपालिकामा सडक कालो पत्रेमा कायापलट नै भएको हो ।

नगर प्रमुख श्रेष्ठले नगरपालिकाका १० र ११ नम्बर वडाका मुख्य सडक पिच हुन बाँकी रहेको र यसै वर्ष काम सम्पन्न गरिने नारायणी अनलाइनलाई बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>