Breaking News

राइफलको गोली लागेर चण्डीप्रसाद गणका एक जवान गम्भीर घाइते

Banner

वीरगञ्ज,असार ७ –

आफैँले बोकेको राइफलको गोली लागेर वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक जवान घाइते भएका छन्।

आइतबार राति साढे ८  बजे ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान आफैँले बोकेको राइफलको गोली लागेर घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको छ । गम्भीर घाइते उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

पोखरिया नगरपालिका वडा नम्बर-५ घर भएका चौहान आफैँले गोली हाने वा राइफल पड्कियो भन्नेबारे खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>