Breaking News
प्रशासनको निर्णय अवज्ञा गर्दै होटल, बाहिर गेट बन्द गरेर भित्र सञ्चालन गर्दै भरतपुर गार्डेन रिर्सोट
चितवन, असार ६
चितवनमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो गरिए पनि होटल रेष्टुरेण्ट भने पूर्ण रुपमा बन्द गर्न निर्देशन गरिएको छ ।
तर प्रशासनको निर्देशन विपरीत भरतपुरका साना ठूला होटलहरु सञ्चालन भइरहेका छन् । त्यो मध्येको एक हो भरतपुर हाइटमा रहेको भरतपुर गार्डेन रिर्सोट । यो रिर्साेटमा विगत एक सातादेखि चहपहल देखिन्छ । रिर्साेट बाहिर ढोका बन्द गरेर भित्र सञ्चालन भइरहेको छ । रिर्साेटमा शुक्रबारमात्र मानिसको जमघट भएको र होहल्ला भएको स्थानीयले बताएका छन् ।
रिर्सोटका व्यवस्थापक लिला शिवाकोटीले होटल सञ्चालन गरेको नभई दैनिक आउने सेयर होल्डरका कारण होटलमा चहलपहल देखिएको बताए । उनले भने, ‘रिर्साेटभित्र साधारण काम भइरहन्छ । आउने जाने काम पनि चलिरहन्छ ।’
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले प्रशासनले होटल रेष्टुरेण्ट सञ्चालनमा रोक लगाएको भन्दै अटेर गरे कारवाही गर्ने चेतावनी दिएका छन् । उनले गार्डेन रिर्साेटका सम्बन्धमा समेत सोधपुछ र अनुसन्धान गरिने नारायणी अनलाइनलाई प्रतिक्रिया दिएका छन् ।


























