Breaking News

तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध, स्वास्थ्य सामग्री ल्याउन समस्या

Banner

काठमाडौं, असार ६ –

अविरल वर्षाको कारण तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध भएको छ । मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारीसाधनलाई रोक लगाइएको हो ।

जोखिमका कारण पुलबाट यातायात सञ्चालन गर्न नदिइएको र पुलको आधार क्षेत्र नै कटान भएपछि आउजाउ बन्द गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

पुलबाट यातायातका साधन संचालनमा रोक लगाइएपछि अत्यावश्यक सामग्री ल्याउन समस्या भएको तातोपानी भन्सार नाकाका भन्सार अधिकृत नारद गौतमले बताए । बाटो बन्द भएपछि स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट, विद्युत गृहका उपकरण, दैवीप्रकोप राहतका सामग्रीहरु ल्याउन समस्या भएको गौतमले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गत शुक्रबार पुल संरक्षणका लागि आवश्यक सहयोग गर्न भन्दै भौतिक योजना मन्त्रालय, गृह मन्त्रालय र सडक विभागलाई अनुरोध पत्र पठाएको थियो । तर, अहिलेसम्म पुल संरक्षणको काम हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>