Breaking News

भरतपुर महानगरपालिकाले भन्योः ३१.०४ प्रतिशत मात्र बेरुजु हो,भ्रष्टाचार भएको छैन

Banner

चितवन,असार ६-

भरतपुर महानगरपालिकाले भ्रष्टाचार र अनियमितता नभएको दाबी गरेको छ । आज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले एक विज्ञप्ती जारी गर्दै भ्रष्टाचार र अनियमितता बारे विभिन्न संचार माध्याममा आएको समाचारको खण्डन गरेका छन ।
“महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा दिएको सुझाबहरुको आधारमा महानगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको भनी संचारमाध्याममा आउनु दुःखद हो”,विज्ञप्तीमा भनिएको छ ।

स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि निर्वाचित भएर आएपछि बेरुजुको परिणाम र प्रतिशत घट्दै गएको महानगरपालिकाले जनाएको छ । कुल बेरुजुमध्ये निर्वाचन हुनुभन्दा पहिले ६८.९६ र जनप्रतिनिधि आइसकेको चार बर्षमा ३१.०४ प्रतिशत मात्र बेरुजु रहेको जनाइएको छ । यसमा ठुलो हिस्सा नियमित तथा पेश्की बेरुजु रहेको र असुल उपर गर्नुपर्ने बेरुजु निकै कम रहेको महानगरपालिकाको भनाई छ । अधिकांस बेरुजु रकम असुल उपर भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

बाँकी बेरुजु फछर्यौटका लागि महानगरपालिकाले बेरुजु लगत राख्ने, बर्गीकरण गर्ने तथा अध्ययन गर्नको लागि बेरुजु फछर्याैट समिति गठन, लेखा समितिको निरन्तर काम भइरहेको, नियमित गर्ने बेरुजुको लागत तयार गरी सोको प्रमाण जुटाई लेखा समिति, बेरुजु फछर्यौट समिति हुँदै लेखा उत्तरदायी अधिकृतको निर्णयबाट नियमित गरी फछर्यौट गरेको प्रमाण महालेखापरीक्षकको कार्यालयमा पेश गरी संपरीक्षण गराई लगतकट्टा गर्ने चरणमा रहेको विज्ञप्तीमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>