Breaking News

आगामी तीन दिन भीषण वर्षाको सम्भावना कायमै‚ यस्तो छ मौसम पूर्वानुमान

Banner

चितवन,असार ६-

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मनसुनी वायुको प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले आइतबार बिहान देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ। प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो र राति देशभरको मौसम बदली रही अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर मौसम बदली रही देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मंगलबार दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>