Breaking News

गण्डकीका मुख्यमन्त्रीलाई ३१ सांसदले दिए विश्वासको मत, विपक्षमा २७ सांसद

Banner

पोखरा, असार ४ –

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिएका छन् । प्रदेशसभा विश्वासको मत लिने पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिए । त्यस्तै विपक्षमा २७ मत परेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त भएका छन् भने सभामुख मतदानमा सहभागी भएनन् ।

उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

संविधानको धारा १६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानमा मुख्यमन्त्रीले सपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

पोखरेल मुख्यमन्त्री हुँदा कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टी र स्वतन्त्र १ सांसद गरी ३१ सांसदको समर्थन जुटाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>