चितवन विशेष

चितवनका सरकारी कार्यालयले सेवा दिन थाले, भरतपुरमा विद्युतको महशुल काउन्टर आजदेखि सूचारु

०
Banner

भरतपुर,जेठ ३१–

कोरोना (कोभिड १९) का कारण बन्द रहेका चितवनका सरकारी कार्यालयले सेवा प्रदान गर्न थालेका छन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आजदेखि महशुल तिर्ने काउन्टर सूचारु गरेको छ । महशुल तिर्ने ग्राहकहरुलाई आजदेखि काउन्टर मार्फत सेवा प्रदान गर्न थालिएको कार्यालयका प्रमुख ई.राजिव कुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै कार्यालयले असार १ गतेदेखि विद्युत मिटर जडान र रिडिङ सुरु गरेको छ । विद्युत मिटर जडान र रिडिङको काम असार १ गतेदेखि सुरु गरेको प्राधिकरणले जनाएको छ । प्रमुख सिंहका अनुसार सुरक्षा सावधानिका साथ नयाँ ग्राहकका लागि मिटरको राजश्व दाखिला भएको ७ दिनभित्र मिटर जडान गरिनेछ । उहाँले औधोगिक फिडरहरुमा बढिमा १५ दिनभित्र काम सम्पन्न गरिने जानकारी दिनुभयो ।

प्राधिकरणले राजश्व लिनका लागि महानगर भित्रका वडा विभाजन गरेको छ । जसअन्तर्गत आइतबार वडा नं. १, २ र ३ सोमबार वडा नं.४, ५ र ७ मंगलबार, वडा नं.८, ९ र १०, बुधबार वडा नं.११, १२ र २९, विहिबार वडा नं. १३, १४, १५ र १६ को केही भाग फ्यिुज सेवा, त्यस्तै शुक्रबार वडा नं.६,२२ र १६ को केही भाग र गितानगर फ्यिुज सेवा अन्तर्गत काम हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>