चितवन विशेष
चितवनका सरकारी कार्यालयले सेवा दिन थाले, भरतपुरमा विद्युतको महशुल काउन्टर आजदेखि सूचारु

भरतपुर,जेठ ३१–
कोरोना (कोभिड १९) का कारण बन्द रहेका चितवनका सरकारी कार्यालयले सेवा प्रदान गर्न थालेका छन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आजदेखि महशुल तिर्ने काउन्टर सूचारु गरेको छ । महशुल तिर्ने ग्राहकहरुलाई आजदेखि काउन्टर मार्फत सेवा प्रदान गर्न थालिएको कार्यालयका प्रमुख ई.राजिव कुमार सिंहले जानकारी दिनुभयो ।
यस्तै कार्यालयले असार १ गतेदेखि विद्युत मिटर जडान र रिडिङ सुरु गरेको छ । विद्युत मिटर जडान र रिडिङको काम असार १ गतेदेखि सुरु गरेको प्राधिकरणले जनाएको छ । प्रमुख सिंहका अनुसार सुरक्षा सावधानिका साथ नयाँ ग्राहकका लागि मिटरको राजश्व दाखिला भएको ७ दिनभित्र मिटर जडान गरिनेछ । उहाँले औधोगिक फिडरहरुमा बढिमा १५ दिनभित्र काम सम्पन्न गरिने जानकारी दिनुभयो ।

प्राधिकरणले राजश्व लिनका लागि महानगर भित्रका वडा विभाजन गरेको छ । जसअन्तर्गत आइतबार वडा नं. १, २ र ३ सोमबार वडा नं.४, ५ र ७ मंगलबार, वडा नं.८, ९ र १०, बुधबार वडा नं.११, १२ र २९, विहिबार वडा नं. १३, १४, १५ र १६ को केही भाग फ्यिुज सेवा, त्यस्तै शुक्रबार वडा नं.६,२२ र १६ को केही भाग र गितानगर फ्यिुज सेवा अन्तर्गत काम हुनेछ ।

























