देश/प्रदेश

विवाद भएपछि टेलिसिरियल ‘जुठे’ बन्द

Banner

काठमाडौंँ, असार ३ –

विभिन्न व्यक्तिहरुबाट विवाद भएपछि टेलिसिरियल ‘जुठे’ बन्द भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियल बुधबारबाट बन्द भएको हो ।

सिरियल बुधबारबाट बन्द भएको निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले जानकारी दिएका हुन् । ‘सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले बिवाद पनि गरेका छन्’ श्रेष्ठले भने ‘बिवाद पनि र छायाँकन असम्भव भएको कारण अहिलेलाई ‘जुठे’ रोकेका छौ ।’ निषेधाज्ञा खुलेपनि बिवाद समाधान गरेर फेरि ‘जुठे’ सुरु गर्ने श्रेष्ठले बताए । सामाजिक विषय वस्तुमा निर्माण गरिएको यो सिरियलले दलित मुक्ती आन्दोलनको विषयमा उत्पीडनको विषयलाई चित्रण गरेको उनले बताए ।

राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ । निषेधाज्ञामा चल्दै आएको श्रृखंला अहिले आएर बन्द भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>