Breaking News
पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो
०

रुपन्देही, असार २ –
गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलि दिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले बताएका हुन् ।
ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिने उनले बताएका छन् । पानीको सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























