Breaking News

दिल्ली जानुअघि झलनाथले खनालले ओलीलाई भने,– ‘म फर्केर आउँछु कि आउँदिन तर एमाले एक रहोस्’

Banner

काठमाडौं, असार २
उपचारका लागि दिल्ली लगिएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेको एकता जोगाउन आग्रह गरेका छन् ।

दिल्ली लग्नुअघि एमाले अध्यक्ष ओलीले खनाललाई टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त टेलिफोन वार्तामा खनालले ओलीलाई पार्टी एकता जोगाउन भनेका खनालसँगै रहेका एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले बताए ।

खनालको भनाइ उदृत गर्दै बुढाथोकीले भने, ‘हिजो के/के भयो सबै तीता/मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् कमरेड । म फर्केर आउँछु किआउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहना छ ।’

आफूलाई एकीकृत एमाले चाहिएको भन्दै खनालले ओलीलाई सबै कुरा बिर्सेर पार्टी मिलाइदिन आग्रह गरेका थिए । ओलीले पार्टी मिलाउन आफू अधिकतम लचिलो भएको भन्दै पार्टी मिलाउने आश्वासन दिएका छन् ।

यस्तै ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका छन् । आफू नेता खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर उपचारमा जान आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>