Breaking News
बाढी पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे विपद व्यवस्थापन कार्यकारी समितिको बैठक
०

काठमाडौं, असार २ –
आज सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार सुरु भएको हो ।
सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा बैठकमा छलफल हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले बताए । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ ।
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























