Breaking News

सिन्धुपाल्चोकमा बाढी पहिरो: ७ जनाको गयो ज्यान

Banner

काठमाडौं, असार २ –

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी ७ जनाको ज्यान गएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिका अनुसार सात जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । यो भन्दा थप मानवीय क्षतिको विवरण आएको नआएको पोखरेलले बताएका छन् ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मेलम्चीमा पानीको बहाव नघटेको उनले जानकारी दिए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>