Breaking News
सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा बाढीः बस्ती बगायो,अरबौंको क्षति

काठमाडौं,असार २-
मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ठूलो पुर्याएको छ। मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्।पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे(नपुगेको पनि एकिन भएको छैन। बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका छन्। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्।

उनले यो प्राकृतिक विपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुट्न अपिल गरेका छन्। ‘सरकारले आजै टेण्ट र खाध्यान्न जुन-जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ उहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु ।’तामाङले फेसबुकमार्फत भनेका छन्, ‘अन्तराष्ट्रिय समुदायलाई यो विपत्तिमा साथ दिन अपिल गर्दछु ।’ खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन तामाङले अपील गरेका छन्।
तस्बिरः सामाजिक संजाल


























