Breaking News

नारायणीमा पुनः पानीको बहाव बढ्दो क्रममाः तटीय क्षेत्रहरुमा चेतावनी जारी

Banner

चितवन,असार २-

अहिले नारायणीमा पानीको बहाव बढिरहेको छ । गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेकाले नारायणी पानीको बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विहानपख केही कम भएको पानीको सतह पुनः बढ्न थालेको हो ।

महाशाखाले बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी जारी गरेको छ । अरु बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि तुलनात्मक रुपमा कम र त्यसपछि दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावले केही दिनदेखि लगातार पानी परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>