Breaking News

नारायणी नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी, पानीको सतह १० मिटरमाथि पुग्यो

Banner

चितवन,असार १-

नारायणी नदी अहिलेसम्मकै ठूलो भएको छ । नदीले खतराको विन्दु पार गरेर धेरै माथि पुगेको हो । साँझ ९ बजे नदीको सतह १०.१ मिटर पुगेको छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो । जुन विगत ४४ वर्ष यताकै बढी थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह पुगेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार आज दिउँसो ४ बजेबाट पानीको वहाव बढ्दै गएको हो । केन्द्रका आनुसार नरायणी नदीमा पानीको बाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको मानिन्छ ।

नदीमा पानीको वहाब वढेसँगै आज साँझ जिल्ला आपतकालीन सञ्चालन केन्द्रको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । टोलीमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गर्नु भएको छ । नदी बस्तिमा पस्न सक्ने क्षेत्रको अध्ययन समेत गरिएको छ ।

नारायणी नदीसँगै राप्ती, रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रमा वसोवास गर्ने जनतालाई सुक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>