चितवन विशेष

राप्ती नदीमा बाढी आएपछि सौराहामा सतर्कता

Banner

चितवन,असार १-

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले निरन्तरको वर्षाले राप्ती नदीको सतह निकै माथि आएको बताउनुभएको छ । उहाँले निरन्तर पानी परे रातिदेखि खतरा हुन सक्ने बताउनुभयो । सौराहा डुबानमा पर्नसक्ने खतरालाई मध्यनजर गरी तत्काल उद्धारका लागि हात्ती र बोट तयारी अवस्थामा राखिएको भट्टराईले जानकारी दिनुभयो ।

पूर्वी चितवन हुँदै बग्ने राप्ती नदीमा आज विहानैदेखि पानीको सतह बढेको हो । पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेकाले मनहरी, रजैया, लोथर, सौराहा लगायतका क्षेत्र भएर बग्ने राप्ती नदीमा बाढी आएको छ । २०७४ सालमा यही नदीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>