Breaking News
उद्धारकर्मी तयारी अवस्थामा राखेका छौं : चितवन प्रहरी प्रमुख अधिकारी

चितवन,असार १-
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख ओम अधिकारीले बाढी र पहिरोबाट जिल्लामा अहिलेसम्म मानवीय र भौतिक क्षति भएको जानकारीमा नआएको बताएका छन । उनले प्रहरीका मातहतका निकाय, सशस्त्र प्रहरी, नेपाली सेना सबै सतर्क अवस्थामा रहेको र जनतालाई पनि सतर्क रहन भनिएको जानकारी दिए ।
‘भरतपुर महानगरपालिकाका वडा नं. २६, २७ र २८ मा नारायणीको डुबान र कटान बढी हुने भएकाले प्राथमिकतामा राखेर सचेतना अपनाइएको छ,’ एसपी अधिकारीले भने । गएरातिदेखि विहानसम्म विभिन्न सडकखण्डमा झरेका १० वटाभन्दा बढी पहिरो पन्छाएर सडक खुलाउने काम गरिएको एसपी अधिकारीले जानकारी दिए ।
यस्तै, पूर्वी चितवन हुँदै बग्ने राप्ती नदीमासमेत पानीको सतह बढेको छ । पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेकाले मनहरी, रजैया, लोथर, सौराहा लगायतका क्षेत्र भएर बग्ने राप्ती नदीमा बाढी आएको छ । २०७४ सालमा यही नदीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको थियो ।

























