Breaking News

‘गोर्खा भर्ती नै बन्द गर्नुपर्ने बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो ?

Banner

काठमाडौं, असार १ –

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा. भीम रावलले भारतीय सेनामा नेपाली महिलाको आह्वान भएकोमा आपत्ति जनाएका छन् । यो आह्वान तत्कालीन व्रिटिश इन्डियासँग गोर्खा भर्तीका विषयमा नेपालले गरेको सम्झौताविपरीत भएको रावलले बताएका हुन् ।

नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाको नाममा सोमबार सूचना जारी भएको थियो । नेपाली भाषामा जारी गरिएको सूचनामा महिलाहरूका लागि भारतीय सेनामा भर्ती आह्वान गरिएको थियो । सूचनामा ‘गोर्खा उम्मेदवारलाई ४ सेमीसम्मको छुट दिइने’ उल्लेख भएकाले नेपाली महिलाले समेत प्रतिस्पर्धामा भाग लिन सक्ने भन्ने सुचना जारी गरिएको थियो । जबकि अहिलेसम्म नेपालबाट भारतीय सेनामा महिलालाई भर्ती गर्ने गरिएको थिएन ।

डा. रावलले भने, ‘गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो ? केपी ओली कहाँ हुनुहुन्छ ? उहाँको परराष्ट्र मन्त्रालय कहाँ छ ? के उहाँले सामन्त गोयलसँग बालुवाटारमा वार्ता गरेर सहमति गर्नुभएको हो ? राष्ट्रियताको यस्तो गम्भीर विषयमा सरकार मौन बस्न मिल्छ?

महिलालाई पनि भारतीय सेनामा लैजाँदा नेपाललाई के असर गर्छ भन्ने प्रश्नमा रावलले जवाफ दिए, ‘के असर पर्छ भन्दा पनि सम्झौतामा के लेखिएको छ, त्यो अनुसार चल्नुपर्‍यो नि । कुनै पनि सार्वभौम देशको कुरा त्यहाँ आउँछ । सम्झौतामा नेपाली महिलालाई भारतले आफ्नो सेनामा लिनसक्ने कुनै प्रावधान छैन ।’

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>