Breaking News

अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने, पूर्वतयारीमा जुट्न निर्देशन

Banner

चितवन,असार १-

आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ ।

देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताउनुभयो । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । शुक्रवारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>