चितवन विशेष

भरतपुरमा असार १ गतेदेखि विद्युत मिटर जडान र रिडिङ सुरु गरिने

Banner

भरतपुर,जेठ ३१-

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले असार १ गतेदेखि विद्युत मिटर जडान र रिडिङ सुरु गर्ने भएको छ । कोरोना (कोभिड १९) को दोस्रो लहरका कारण रोकिएको विद्युत मिटर जडान र रिडिङको काम असार १ गतेदेखि सुरु गर्न लागेको प्राधिकरणले जनाएको छ ।

कार्यालयका प्रमुख ई.राजिव कुमार सिंहका अनुसार सुरक्षा सावधानिका साथ नयाँ ग्राहकका लागि मिटरको राजश्व दाखिला भएको ७ दिनभित्र मिटर जडान गरिनेछ । उहाँले औधोगिक फिडरहरुमा बढिमा १५ दिनभित्र काम सम्पन्न गरिने जानकारी दिनुभयो ।

प्राधिकरणले राजश्व लिनका लागि महानगर भित्रका वडा विभाजन गरेको छ । जसअन्तर्गत आइतबार वडा नं. १, २ र ३ सोमबार वडा नं.४, ५ र ७ मंगलबार, वडा नं.८, ९ र १०, बुधबार वडा नं.११, १२ र २९, विहिबार वडा नं. १३, १४, १५ र १६ को केही भाग फ्यिुज सेवा, त्यस्तै शुक्रबार वडा नं.६,२२ र १६ को केही भाग र गितानगर फ्यिुज सेवा अन्तर्गत काम हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>