Breaking News

पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा छलफल

Banner

काठमाडौं, जेठ ३० –

गण्डकीमा नयाँ सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे छलफल अघि सारेको छ । यसबारे निर्णय भने भइनसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका हुन् ।

‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म नगरिएको उनले बताए । उनका अनुसार संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधा दिनुपर्छ भनेर छलफल गरेको बताएका छन् ।

पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने उनले बताए । यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ ।

‘पूर्वप्रधानमन्त्रीलाई संघमा के व्यवस्था छ त्यो अध्ययन गर्ने अनि हामीबीच सल्लाह गरेर पदको सम्मान गर रिमा कायम रहने गरी सम्मान दिने कुरा भएको छ,’ उनले भने, ‘हामी फरक राजनीकि पार्टी भए पनि आपसी सहयोग र सद्भावमा साढे ३ वर्ष यात्रा गर्‍यौं । अब पनि प्रमुख प्रतिपक्षीसँग समन्वय र सम्मान गरेरै अगाडि बढ्न चाहन्छौं ।’

सरकारे नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे पनि कुराकानी भएको उनले जानकारी दिए । अर्थमन्त्रीको जिम्मेवारी कसैलाई नदिएकाले मुख्यमन्त्रीले नै बजेटको वाचन गर्न सक्ने उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>