Breaking News

दिपक मनाङेलाई वाल्मिकीसँग तुलना गर्दै बाबुरामले भने– ‘उनी होइनन्, राज्यले अपराधी बनाइदियो’

Banner

चितवन, जेठ ३०
पूर्वप्रधानमन्त्री एवम् संघीय समाजवादी पार्टीका संघीय परिषद् बाबुराम भट्टराईले दिपक मनाङेलाई वाल्मिकीसँग तुलना गर्दे उनको बचाउ गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कोही पनि मान्छे जन्मजात अपराधी नहुने तर्क गर्दै मनाङेको बचाउ गरेका हुन् ।

हालै गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका दिपक मनाङेबारे सामाजिक सञ्जालमा नानाथरी टिप्पणी भइरहेका छन् । अपराधिक पृष्ठभूमिका मन्त्रीलाई एकपछि अर्को सरकारले मन्त्री दिएको भन्दै आक्रोश व्यक्त भएको छ । तर, पूर्व प्रधानमन्त्री डा। भट्टराईले मनाङेको बचाउ गरेका हुन् ।

उनले लेखेका छन्, ‘राजीव गुरुङ् (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन् । यसलाई अन्यथा मान्नु हुन्न ।
मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ ।अतः अपराध/अपराधी एक सापेक्ष अबधारणा हो ।

मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ । नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्ः अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफू प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन ।
रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>