Breaking News

दिपक मनाङेलाई वाल्मिकीसँग तुलना गर्दै बाबुरामले भने– ‘उनी होइनन्, राज्यले अपराधी बनाइदियो’

०
Banner

चितवन, जेठ ३०
पूर्वप्रधानमन्त्री एवम् संघीय समाजवादी पार्टीका संघीय परिषद् बाबुराम भट्टराईले दिपक मनाङेलाई वाल्मिकीसँग तुलना गर्दे उनको बचाउ गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कोही पनि मान्छे जन्मजात अपराधी नहुने तर्क गर्दै मनाङेको बचाउ गरेका हुन् ।

हालै गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका दिपक मनाङेबारे सामाजिक सञ्जालमा नानाथरी टिप्पणी भइरहेका छन् । अपराधिक पृष्ठभूमिका मन्त्रीलाई एकपछि अर्को सरकारले मन्त्री दिएको भन्दै आक्रोश व्यक्त भएको छ । तर, पूर्व प्रधानमन्त्री डा। भट्टराईले मनाङेको बचाउ गरेका हुन् ।

उनले लेखेका छन्, ‘राजीव गुरुङ् (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन् । यसलाई अन्यथा मान्नु हुन्न ।
मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ ।अतः अपराध/अपराधी एक सापेक्ष अबधारणा हो ।

मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ । नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्ः अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफू प्रम छॅदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन ।
रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>