Breaking News

‘ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं’ : बाबुराम भट्टराई

Banner

काठमाडौं, जेठ २९

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पोखरामा पनि ओली भाइरस सल्केको सामाजिक सञ्जालमा लेखेका छन् । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुन मुख्यमन्त्रीको दाबी गरेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत, ओली भाइरस पोखरामा पनि सल्केकोु टिप्पणी गरेका हुन्।

‘यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो भन्दै उनले त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका छन्। ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो । अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, भट्टराईले लेखेका छन्।’

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिएको छ। मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>