Breaking News
विपक्षी गठबन्धनका ३१ जना सांसदहरु बसे प्रदेश प्रमुख निवास अगाडि धर्ना

काठमाडौं, जेठ २९ –
गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिएको छ। मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका हुन् ।
नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेका छन् ।
प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समयको अन्तिममा शनिबार दिउँसो विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गरेका थिए । यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए ।
गुरुङको दाबीले प्रदेशमा नयाँ सरकार बनाउन नदिन र संसद विघटनतिर लैजान चलखेल भइरहेको भन्दैं त्यसलाई रोक्न प्रतिपक्षी दलहरू प्रदेश प्रमुखको पुगेका हुन्।


























