Breaking News

चितवनसहित देशभर बेड र एम्बुलेन्स सूचना अब वेवसाइट र एस एम एसबाट

Banner

चितवन, जेठ २९ –

कोभिड १९ को महामारीमा अस्पताल एवं स्वास्थ्य संस्थामा वेड पाउनु निकै कठिन हुने गरेको छ । विभिन्न स्थानबाट रेफर भएर आउने तर वेड खाली छ कि भरिएको छ भन्ने सूचना नभएपछि विरामीहरु खाली बेड कुरेर वस्नुपर्ने र वेड खोज्दै भौतारिन बाध्यता हुन्छन् । यसै समस्यालाई सम्बोधन हुने गरेर नेपाल विकास समाजले covid-help.nedsnepal.org.npबेवसाइट संचालनमा ल्याएको छ ।

विगत १ महिनादेखि संचालनमा आएको यो वेवसाइटमा करिब २५ जना जनस्वास्थ्यकर्मी एवं स्वयंसेवकहरुद्वारा प्रत्येक ३ देखि ४ घण्टामा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गरी नियमित खाली बेड, आई.सि.यू, भेन्टिलेटर सम्बन्धी सूचना दिँदै आएको छ । साथै, स्वास्थ्य संस्थामा २४ सै घण्टा इमरजेन्सी सेवा र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध छ भन्ने सूचना पनि यस वेबसाइटबाट पाउन सकिने नेपाल विकास समाजका कार्यक्रम संयोजक, सिमृन काफ्लेले जानकारी दिइन् । आपतकालिन अवस्थामा विशिष्ट चिकित्सकहरुसँग निःशुल्क परामर्शका साथै एम्बुलेन्स सम्पर्क नम्बर पनि यस वेबसाइटबाट हेर्न सकिने उनले बताइन् ।

अनलाइन र इन्टरनेट गाह्रो हुने अवस्थामा उक्त संस्थाले एस्.एम.स सेवा पनि संचालनमा ल्याएको छ, जुन बेबसाइटबाट प्राप्त हुने सूचना मोबाइलबाट एस्.एम.एस गरेपछि पनि प्राप्त गर्न सकिने उनले भनिन् । यस वेबसाइटबाट विरामीमात्र नभएर चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्था पनि लाभान्वित हुने विश्वास लिएको  काफ्लेले जानकारी दिइन् ।

यस्तो अभ्यास र सूचना कोभिड महामारीका बेला मात्र नभई अन्य समयमा पनि उपयोगी हुने भएकाले स्वास्थ्य मन्त्रालयले वास्तविक समय डाटा उपलब्धताका बारे समयमै योजना तर्जुमा गरी प्रत्येक स्वास्थ्य संस्थाहरुमा अनिवार्य लागू गर्नुपर्ने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>