Breaking News

चितवनको निशुल्क खाना अभियानलाई बिथोल्न खोजेको भन्दै अभियान्ताहरुको आपत्ति

Banner

चितवन, जेठ २९ –

चितवनमा निशुल्क खाना अभियानमा युवा हेमराज थापा बिथोल्न आएको भन्दै अभियान्ताहरुले आपत्ति जनाएका छन् । थापाले प्रचण्डको झोले भन्दै अभियानलाई गाली बेइज्जति गरेको अभियान्ताहरुले भत्र्सना गरेका हुन् ।

थापाले केहि दिन अघि निशुल्क खाना अभियानमा आर्थिक सहयोग गर्न आएका थिए । आफु कुनै राजनितिक दल नभएको भन्दै उनले पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डको झोले भन्ने जस्ता कुराहरु आएको स्वीकार गरेका छन् । महामारीको अवस्थामा सबै राजनिति नेताहरुले गरिब जनतालाई वेवास्ता गरेको उनले बताए । प्रचण्डको छोरी रेनु दाहालको क्षेत्रमा यस्तो बिजोग रहेको भन्दै उनले प्रतिक्रिया दिएको बताएका छन् । थापाले सामाजिक सञ्जालमा चितवनमा निशुल्क खाना अभियानले आक्रमण गरेको भन्दै प्रचार पनि गरेका छन् ।

अभियानका कार्यक्रम संयोजक दिवाकरराज श्रेष्ठका अनुुसार निशुल्क खाना अभियान कुनै राजनितिसंग आवद्ध रहेको छैन । महानगपालिकाको बारेमा अनावश्यक प्रतिक्रिया दिएपछि थापालाई स्थानिय युवाहरुले सम्झाई बुझाई गर्दै घर फर्किन भनेको श्रेष्ठले जानकारी दिए । स्वतन्त्र तरिकाले लागिरहेको अभियानलाई बिथोल्न आएको घोर भत्र्सना रहेको उनको दाबी छ । चितवनमा निषेधाज्ञा भएदेखी उक्त अभियानले निशुल्क खाना खुवाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>