चितवन विशेष

अमेरिकामा सङ्कलन गरेर राहत बाँड्दै सापकोटा

Banner

चितवन, जेठ २९-

चितवनको पहाडी भूभागमा बस्ने चेपाङ्समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुग्नु भएका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उहाँको दिनचर्या समाज सेवामानै बित्ने गरेको छ ।

उहाँले भन्नुभयो, “निषेधाज्ञाले खाननै धौधौ भएको सुनेपछि मलाई त्यसै बस्न मन लागेन”, क्यालिफोर्नियामा रहेको सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष सापकोटाले त्यहाँका हालका समितिका साथीहरुलाई अनुरोध गरेर सहयोगको आव्हान गर्नु भयो । त्यहाँ सङ्कलन भएको सहयोगले यहाँ समाज सेवामा उहाँ जुटिरहनु भएको छ । काभ्रे पनौतीमा घर भएका सापकोटाले काभ्रेमै दृष्टिबिहिनहरुका लागि रु १ लाख खर्च गरेर इनार व्यवस्थापन गरिदिनु भएको छ । त्यसै गरी ठमेलका रिक्सा चालक, बाफल, चावहिल, जोरपाटी लगायतका क्षेत्रमा तीन सय परिवारलाई राहात बितरण गरेको उहाँको भनाइ छ ।

राप्ती नगरपालिका वडा नम्बर १३ मा एक सय पचास चेपाङ् परिवारलाई उहाँकै नेतृत्वमा आज राहत बाँडिदै छ । उहाँको भनाइमा हालसम्म रु १२ लाख हाराहारीको राहत बितरण भईसकेको छ । राहत बितरण कार्य जारिनै राख्ने उहाँको योजना रहेको छ । उहाँले भन्नुभयो, “हामीले अलीअली बचाएर राखेको पैसामा नेपाल आमालाई दुख्दै गर्दा केही गरौं भन्ने अभिप्रायले समाज सेवामा जुटेका हौं ।” नेपालमा रहँदा हरिमाई फाउण्डेसनका अर्जुन तिमिल्सिना, राजेन्द्र तिमिल्सिना, प्रदिप सापकोटा, विश्व केसी, प्रकाश तिमिल्सिनाको साथ लिएर अभियानमा लागेको उहाँले जानकारी दिनुभयो ।

यस अघि भूकम्पको समयमा सन्नी सगरमाथाकै नेतृत्वमा अमेरिकामा रहेका नेपालीका २८ वटा संघ संस्था मिलेर यहाँ सहयोग गरिएको थियो । सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ्, गोरखा र तनहुँमा जस्तापाता बितरण गरेको उहाँले बताउनुभयो । सापकोटाकै नेतृत्वमा सन्नीका प्रतिनिधि नारायण खनाल, दिपेन्द्र तिमिल्सिना लगायतको टोलीले राहत बाँडेको उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>