Breaking News

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने

Banner

काठमाडौं, जेठ २८

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ ।

कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए । निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ । बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>