Breaking News

सुदूरपश्चिममा माधव पक्षका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधियो, चित्त बुझ्दो जवाफ नआए पार्टीबाट निकालिने

Banner

धनगढी, जेठ २७
सुदूरपश्चिममा नेकपा एमाले माधव पक्षका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।
मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

एमालेका प्रदेश सचिव राजेन्द्र रावलका अनुसार पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको हो ।

रावलले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको जनाए ।

उनले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>