चितवन विशेष

भरतपुर अस्पतालका सुरक्षागार्ड र सरसफाइकर्मीलाई लियो क्लव अफ भरतपुर युथद्वारा माक्स वितरण

Banner

चितवन, जेठ २७
लियो क्लव अफ भरतपुर युथले भरतपुर अस्पतालका सुरक्षागार्ड र सरसफाइकर्मीलाई निशुल्क माक्स वितरण गरेको छ । बिहिवार बिहान अस्पतालमा पुगेर माक्स सहयो गरिएको हो ।

भरतपुर अस्पतालमा टेन्डरका माध्यमबाट ठेकदार अन्तर्गत रहेर न्यून तलबमा काम गरिरहेका ११० जना सुरक्षागार्ड र सफाईकर्मीहरुलाई हरेका लागि १ पोका (५०पिस) का दरले माक्स बाँडिएको क्लवका अध्यक्ष दिपेश ज्ञवालीले जानकारी दिए ।

माक्स वितरण कार्यक्रममा विशेष सहयोग गर्ने डा.सुबास बस्नेत र पवित्रा थापासहित सम्पूर्ण लियोहरुमा अध्यक्ष ज्ञवालीले आभार प्रकट गरेका छन् ।

विगत ५ वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको लियो क्लव अफ भरतपुर युथले चितवनमा निषेधाज्ञा जारी भएपछि हप्तैपिच्छे विभिन्न कार्यक्रम गर्दै आएको छ । गत हप्ताहरुमा क्लवले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>