Breaking News
चितवनमा असार ३ गतेसम्म निषेधाज्ञा थपियो
०

चितवन, जेठ २६ –
चितवनमा असार ३ गते सम्मको लागि निषेधाज्ञा लम्बाइएको छ । चौथो पटक थपिएको निषेधाज्ञा जेठ २७ गते राति १२ बजे सकिँदै छ । थप भएको निषेधाज्ञा सामान्य खुकुलो बनेको छ ।अब बैंक, वित्तिय संस्था तथा सहकारीहरु न्युनतम कर्मचारीहरु खटाई तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रुपमा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
स्वास्थ्य सुरक्षा पालना गरी पाठ्य पुस्तक विक्री गर्ने पसलहरु पनि सञ्चालन गर्न पाइने प्रजिअले जारी गरेको निषेधाज्ञा सम्बन्धि आदेशमा उल्लेख गरिएको छ । खाद्यान्न, तरकारी, फलफुल, माछा/मासु, दूध डेरी लगायतका अत्यावश्यक सामग्री विक्री गर्ने पसलहरु दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुन पाउने छन् ।
यसअघि हप्ताको तीन बार तीन घण्टा मात्रै पसलहरु सञ्चालन हुने गरेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























