Breaking News
प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ अघि बढाइयो, इजालासबाट हटेनन् न्यायाधीश भट्टराई र कार्की
०

काठमाडौं, जेठ २६
प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ अघि बढाइएको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि आफूले गठन गरेको इजलासमै सुनुवाइ अघि बढाएका हुन् । संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् ।
आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् ।
यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















