चितवन विशेष
चितवनमा ८ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

चितवन, जेठ २३–
चितवनमा एक बालिका बलात्कृत भएकी छन् । भरतपुर महानगरपालिका– ७ स्थित घरमै रहेकी बालिकालाई उदयपुर घरभई भरतपुरमा बस्दै आइरहेका अन्दाजी ३८ वर्षका दिपमान सिंह राइले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बलात्कारको आरोपमा ती पुरुषलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जानकारी दिए । घरमा बालिकाकी १० वर्षीय दाजु र आमा बसोबास गर्दै आइरहेका थिए । शनिबार साँझ आमा माइत गएको बेलामा घरमा पुगेका राइले बालकलाई बिस्कुट किन्न पठाएर बालिकालाई बलात्कार गरेको उनको आफन्तले नारायणी अनलाईनलाई जानकारी दिएका छन । उनका आफन्तले भने–‘राइ अन्य बेला पनि घरमा जादो रहेछन ।
शनिबार घरमा कोही नभएको बेला बलात्कार गरे ।’ दोषीमाथि कडा कारवाही हुनुपर्ने आफन्तको माग छ । बालिकाले विहानैदेखि बान्ता गरेपछि आफन्तले घटना बारे थाहा पाएका थिए ।
बालिकाका आफन्तका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा बालिकाको पाठेघरमा रगत जमेको देखिएको छ । राइलाई जिल्ला अदालत चितवनबाट म्याद थपगरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

























