Breaking News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

Banner


कैलाली,जेठ २५-

नेकपा एमाले  सुदूरपश्चिम प्रदेशका सांसदहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।।

बैठकमा प्रधनमन्त्री ओली पक्षका सांसदहरुले भने विश्वासको मत दिन नहुने बताएका थिए । तर पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् । एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ मध्ये ७ सांसद खुलेर लागेका छन् । भने प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका २ सांसद रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>