Breaking News
बूढानीलकण्ठमा प्रचण्ड र माधव नेपालबीच देउवासँग छलफल
०
काठमाडौँ,जेठ २४ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल चलिरहेको उनी निकट स्रोतले जानकारी दिए ।
आजै दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटेका थिए । फेरि नेपाल र प्रचण्डको देउवासँग संयुक्त भेट भएको हो । आफ्नो समूहका स्थायी समितिको वैठक सकेर नेपाल बूढानिलकण्ठ पुगेका हुन् ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा एकता आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै प्रचण्ड सक्रिय देखिएका छन् । माधव नेपालको समूहले ओलीको आह्वानलाई खारेज गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















