Breaking News

नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास बूढानीलकण्ठ

Banner

काठमाडौँ,जेठ २४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सोमबार दिउँसो सवा ११ बजे माधवकुमार नेपाललाई उनकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उनी निकट स्रोतले बताए । उनले नेता माधवकुमार नेपालसँग करिव पौने एक घण्टा र सभापति शेरबहादुर देउवासँग करिब २० मिनेट कुराकानी गरेको उनी निकट स्रोतले जानकारी दिए ।

नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमाछलफल गरेको स्रोतको दावी छ । ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>