राजनीति

छबिलाल बिश्वकर्मालाइ किन बनाइएन मन्त्रि ?

Banner

काठमाडौं, जेठ २४ –

छबिलाल बिकलाइ फेरी मन्त्रिपरिषदमा छुटाईएको छ । नेकपा एमालेमा ओली पक्षीय स्थायी कमिटीमा सबै भन्दा कम अवसर पाउनेमा पर्छन । बिकलाइ पहिले नै मन्त्रीको रुपमा हेरिएको थियो । ओलीको पहिलो दोश्रो दुवै कार्यकालमा उनलाई मन्त्रीको रुपमा हेरिएको थियो । तर दुवै पटक परेनन् ।

नेकपा एमालेमा उनले भारतीय प्रवासी मंच , मुक्ति समाज , र सम्पर्क मंच लगायतको संगठनमा प्रमुख भएर काम गरे । विश्वकर्मा रुपन्देही –१ बाट निर्वाचित सांसद हुन् । शालिन र भद्र व्यक्तित्व , सकेसम्म असन्तुष्ट बाहिर जाहेर नगर्ने खालको ।

उनी दोश्रो जनआन्दोलन पछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा कृषि मन्त्रि बनेका थिए । तर, एमालेको आठौं महाधिवेशनपछि भने उनले ओलीलाई साथ दिदैँ आएका छन् । मन्त्री पद आफै नमाग्ने स्वभावका कारण उनी नेतृत्वको नजरमा नपरेको हुन सक्ने कार्यकर्ताको बुझाइ छ । ओली पक्षीय नेताहरुमा सुरु देखि नै साथ दिईरहने मध्येका एक हुन छबिलाल विश्वकर्मा ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>