Breaking News
प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास स्थगित
०
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेका छन् । उनी बिरामी हुँदा संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास आज स्थगित भएको छ ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च प्रशासनलाई आफू बिरामी भएको जानकारी गराएका थिए । सर्वोच्चका एक अधिकारीका अनुसार राणाले बिरामी भएको जानकारी गराएका छन् ।
संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























