मकवानपुर

हेटौँडामा अटो एम्बुलेन्सको दुरुपयोग गर्नेलाई कारवाही

Banner

वाग्मती, जेठ २३-

हेटौँडामा निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटोएम्बुलेन्सले सर्वसाधारण मानिस बोक्न थालेपछि स्थानीय प्रशासनले कारवाही गर्न थालेको छ । कोभिड–१९ का बिरामी बोक्ने गरी सञ्चालनमा आएका अटो एम्बुलेन्सले पनि दुरुपयोग गरी अन्य मानिस बोक्न थालेपछि जिल्ला प्रशासनले त्यस्ता अटोलाई कारवाही गरेको हो ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालयले हेटौँडा–१९ वडाका निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो र चालकलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले हेटौँडा–१० बसपार्कमा खाद्यान्न र बिरामी नभएका मानिसहरू बोकेको अवस्थामा सो अटोलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमनबाट केही अटो एम्बुलेन्सले दुरुपयोग गरेको पाइएकाले कारवाही गरिएको टोलीले जनाएको छ ।

यसैबीच शनिबार मकवानपुरका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न प्रकृतिका ४१ सवारी साधनलाई कारवाही गरेको प्रहरीले जनाएको छ । सवारी साधनलाई जनही रु दुई हजारदेखि पाँच हजारका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङघन गर्ने विभिन्न सवारी साधनलाई कारवाही हुँदै आएको छ । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>