Breaking News

बोरिङ खन्दा काठाडौंमा प्रज्वलनशील ग्यास निस्केर आगो बलेपछि…

Banner

काठमाडौं, जेठ २२
काठमाडौंमा बोरिङ खन्दा प्रज्वलनशील ग्यास निस्किएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीस्थित खहरेमा स्थानीय रमेश तिवारीको जग्गामा बन्दै गरेको टहरोसँगै बोरिङ गर्दा सो ग्यास निस्किएको हो । ग्यासको गन्ध आएपछि लाइटरले सल्काउँदा आगो बलेको स्थानीयले बताए ।

ग्यास निस्किएको स्थानमा वैज्ञानिक परीक्षणका लागि महानगरीय प्रहरी प्रभाग काँडाघारीले खानी तथा भूगर्भ विभागसँग समन्वय गरेको छ । हाल ग्यास निस्किएको ठाउँमा बोरिङ कार्य रोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>