Breaking News

तीन वर्ष परराष्ट्रमन्त्री बनेका प्रदिप कुमार ज्ञवालीको खातामा सात लाख ४१ हजार

Banner

काठमाडौं, २१ जेठ
परराष्ट्रमन्त्रीबाट बिदा भएका प्रदीपकुमार ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

परराष्ट्रमन्त्री पदबाट हट्नासाथ उनले सामाजिक सञ्जालमार्फत् सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको ‘’, सामाजिक सञ्जालमा लेखेका छन् ।

पारिश्रमिकको कर कट्टी बापत ३,७२,८९१.१३ रुपैयाँ सरकारी कोषमा दाखिल भएको पनि ज्ञवालीले उल्लेख गरेका छन् ।

यसबाहेक आफ्नो बैंक खातामा ७ लाख ४१ हजार ७७५.६० रुपैयाँ बचत रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बनेपछि सार्वजनिक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको बताएका छन् ।

शनिबार मन्त्री निवास छोड्ने जानकारी दिएका ज्ञवालीले शुक्रबार नै सवारी साधन र ल्यापटप बुझाएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>