चितवन विशेष

भरतपुरमा निषेधाज्ञा उल्लंघन गरी होटल,पसल खोल्ने ९ जना पक्राउ

Banner

भरतपुर, जेठ २२ –

जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्नेलाई कारबाही गरेको छ । आज प्रहरीले भरतपुरका ९ जना व्यापार व्यवसायीलाई कारबाही गरेको हो ।

प्रहरी प्रवक्ता तथा सुचना अधिकारी सुर्यबहादुर थापाका अनुसार पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको छ।

५ सय जरिवाना तिरेर उनीहरुलाई छोडिदिएको थापाले बताए । पक्राउ परेकाहरु सबै भरतपुर महानगरपालिकाको नै रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>